परेवा भीरमा अवरुद्ध सडक खुलाउन युद्धस्तरमा काम


धादिङ । पृथ्वी राजमार्गअन्तर्गत फुर्के खोला–मलेखु खण्डको परेवा भीरमा अवरुद्ध सडक खुलाउन मर्मत कार्य तीव्र पारिएको छ।

त्रिशूली नदीको बाढीले सडकको एक हिस्सा भासिएपछि अवरुद्ध बनेको सडकमा अहिले ग्रेड मिलाउने र सतह सम्याउने काम भइरहेको सडक विभागले जनाएको छ।

मौसम अनुकूल रहे आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक खुलेसँगै यात्रुको सास्ती कम हुने र आवागमन सहज हुने अपेक्षा गरिएको छ।