डीआर कंगोमा विवाह समारोहमा आगलागी, २२ जनाको मृ-त्यु


काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)को राजधानी किन्शासामा विवाह समारोह भइरहेका बेला भवनमा आगलागी हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

शनिबार लिङ्वाला कम्युनमा भएको आगलागीमा केही घाइते भएका छन्। उनीहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।

आगलागीको कारण खुलेको छैन। विद्युत् सर्ट वा विवाह समारोहको सजावटमा प्रयोग सामग्रीबाट आगो फैलिएको हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।