चीनमा भारी वर्षासँगै पहिरो, २ जनाको मृत्यु


काठमाडौँ । साउडेल आँधीपछि परेको भारी वर्षासँगै चीनको जियाङ्सी प्रान्तमा पहिरो जाँदा कम्तीमा २ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता छन्।

शनिबार सुइछुआन काउन्टीको एक गाउँमा गएको पहिरोले करिब एक दर्जन घरमा क्षति पुर्‍याएको छ। उद्धार टोलीले दुई जनालाई जीवितै उद्धार गरे पनि एक जनाको पछि मृत्यु भएको थियो।

बेपत्ताको खोजी तथा उद्धार जारी छ। साउडेल आँधीका कारण चीनका विभिन्न क्षेत्रमा बाढी र पहिरोको जोखिम बढेको छ।