बाँके । रसुवाको भोटेकोशी बाढीपछि बेपत्ता तथा मृतकको शव पहिचानका लागि बाँकेबाट १६ आफन्तको डीएनए नमुना सङ्कलन गरिएको छ।
भेरी अस्पतालमा सङ्कलन गरिएको नमुना नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। बाँकेका २३ जना अझै बेपत्ता छन् भने तीन जनाको शव सनाखत भइसकेको प्रहरीले जनाएको छ।
बाढी प्रभावितको उद्धार तथा राहतका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ लाख ३७ हजार रुपैयाँभन्दा बढी सहयोग समेत जुटाइएको छ।



















प्रतिक्रिया