बारा । पचरौता नगरपालिका–७ बेनौलीबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति धानखेतमा एम्बुस थापेर बसेको प्रहरी टोलीले ८–९ जना व्यक्ति गाँजा बोकेर आउँदै गरेको देखेपछि नियन्त्रणमा लिन खोजेको थियो।
प्रहरीलाई देखेपछि उनीहरूले गाँजाका ९ पोका खेतमै फालेर फरार भएका थिए। बरामद गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिम्रौनगढ लगिएको छ भने फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया