काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा ज्यान गुमाएका २४४ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको छ ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीका अनुसार ल्याइएका शवमध्ये १६१ वटाको अस्थायी व्यवस्थापन गरिएको छ भने २४ शवको पहिचान गरी परिवारलाई जिम्मा लगाइएको छ ।
हाल ५९ शव अस्पतालमै छन् । पोस्टमार्टम गर्न बाँकी शवको प्रक्रिया पूरा गरेपछि व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।



















प्रतिक्रिया