काठमाडौँ । रसुवा बाढीपछि हैजाको जोखिम बढेसँगै सरकारले जिल्लामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि, खोप र स्वास्थ्य सामग्री पठाउने तथा स्वास्थ्यकर्मी परिचालन गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीले खानेपानीका मुहान र वितरण प्रणालीमा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा रोगको जोखिम बढेको भन्दै रोकथाम, निगरानी, शीघ्र पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ ।



















प्रतिक्रिया