काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले झापादेखि कञ्चनपुरसम्म पैदल यात्रा गर्ने भएका छन्।
हुलाकी राजमार्ग हुँदै हुने तीनमहिने यात्राको तयारी भइरहेको पार्टीका महासचिव सन्तोष मेहताले जानकारी दिए। उनका अनुसार चाडपर्व सकिएलगत्तै यात्रा सुरु गर्ने तयारी छ।
यात्राका क्रममा महतोले विभिन्न स्थानमा वृक्षारोपण गर्नेछन्। राजनीतिक उद्देश्यसँगै पर्यावरण संरक्षणलाई पनि यात्राको प्रमुख उद्देश्य बनाइएको मेहताले बताए।
यात्राका क्रममा स्थानीयसँग राजनीतिक भेटघाट तथा छलफल गरी आगामी राजनीतिक कार्यदिशाबारे राय–सुझाव लिने योजना छ। साथै, संगठन विस्तारको कामसमेत अघि बढाइने पार्टीले जनाएको छ।



















प्रतिक्रिया