इरान । पश्चिमी इरानको कुर्दिस्तान प्रान्तमा इन्धन ट्यांकर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। शनिबार साँझ सनन्दज प्रवेश नजिकै हमदान–सनन्दज राजमार्गमा ट्यांकर दुर्घटनापछि आगलागी र विस्फोट भएको हो।
स्थानीय अधिकारीका अनुसार करिब २० हजार लिटर पेट्रोल बोकेको ट्यांकर अनियन्त्रित भई अन्य सवारीसाधनमा ठोक्किएपछि आगो लागेको थियो। प्रारम्भिक अनुसन्धानमा ट्यांकरको ब्रेक प्रणालीमा आएको प्राविधिक खराबी दुर्घटनाको सम्भावित कारण देखिएको छ।
घटनापछि कुर्दिस्तानका गभर्नरले दुई दिनको सार्वजनिक शोक घोषणा गरेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।



















प्रतिक्रिया