नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीस्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा चारतले भवन भत्किँदा ५० देखि ६० जना विद्यार्थी भग्नावशेषमा फसेको आशङ्का गरिएको छ।
आइतबार दिउँसो करिब १ः३० बजे भवन भत्किएको हो। लगातार तीन दिनदेखि भइरहेको वर्षाका कारण भवन कमजोर भएर भत्किएको हुन सक्ने आशङ्का गरिएको छ।
घटनापछि दमकल, प्रहरी, डीडीएमए र एनडीआरएफसहितका उद्धार टोलीले भग्नावशेष हटाएर फसेकाको खोजी गरिरहेका छन्। अहिलेसम्म तीन विद्यार्थीलाई जीवितै उद्धार गरी एम्स ट्रमा सेन्टर लगिएको छ।
भवनमा होस्टल वा पीजी सञ्चालनमा रहेको र दुर्घटनाका बेला धेरै विद्यार्थी कोठामै रहेको प्रारम्भिक विवरण छ। भवनमा कति जना थिए भन्ने यकिन विवरण भने खुलिसकेको छैन।
आसपासको अर्को भवनसमेत जोखिममा पर्न सक्ने भन्दै प्रशासनले सावधानीका लागि खाली गराएको छ। घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।



















प्रतिक्रिया