काठमाडौँ । विपद् प्रभावित नागरिकका लागि राहत सामग्री बोकेको रोयल थाई एयर फोर्सको सी–१३० हर्क्युलिस विमान आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
थाइल्यान्डले विपद्को कठिन परिस्थितिमा नेपालप्रति सहयोग र ऐक्यबद्धता जनाउँदै मानवीय सहायता पठाएको हो। विमानमार्फत ल्याइएको राहत सामग्री प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा प्रयोग गरिने जनाइएको छ।



















प्रतिक्रिया