काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकामध्ये एक भारतीय नागरिकसहित २१ जनाको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ।
अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अस्पतालमा ल्याइएका ८१ घाइतेमध्ये ५५ जना उपचारपछि डिस्चार्ज भएका छन्। चार जनालाई अन्य अस्पतालमा पठाइएको छ भने २५ वर्षीय कुशल मगरको उपचारका क्रममा मृत्यु भएको छ।
उपचाररत २१ जनामध्ये तीन जनाको आईसीयू र दुई जनाको हाई केयर युनिटमा उपचार भइरहेको अस्पतालले जनाएको छ।



















प्रतिक्रिया