काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो।
महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्य भने प्रतितोला ५० रुपैयाँले घटेको छ। बुधबार प्रतितोला तीन हजार ९८० रुपैयाँ रहेको चाँदीको मूल्य बिहीबार घटेर तीन हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतिदश ग्राम दुई लाख ४३ हजार ५५ रुपैयाँ र चाँदीको मूल्य प्रतिदश ग्राम तीन हजार ३६९ रुपैयाँ कायम भएको छ।

















प्रतिक्रिया