काठमाडौं – आज ‘जेनजी’ सहिद दिवस मनाइँदैछ । २०८२ भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झना तथा सम्मानमा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरिँदैछन् ।
‘जेनजी’ आन्दोलनले मुलुकको राजनीतिक अवस्थामा ठूलो उथलपुथल ल्याएको थियो । आन्दोलनपछि तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।
भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले ‘जेनजी’ सहिद दिवसका अवसरमा आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
सरकारले आन्दोलनमा ज्यान गुमाएका युवाहरूलाई ‘सहिद’ घोषणा गर्दै उनीहरूको योगदान र बलिदानको स्मरण गर्ने जनाएको छ ।



















प्रतिक्रिया