काठमाडौं । भाटभटेनी सुपर मार्केटको धरानस्थित स्टोर भोलि (बुधबार)देखि पुनः सञ्चालनमा आउने भएको छ।
धरानको पुतली लाइनमा रहेको स्टोर भदौ २४ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार ग्राहकलाई आधुनिक सुविधा र गुणस्तरीय सेवा प्रदान गरिनेछ।
स्टोर पुनः सञ्चालनको अवसरमा कम्पनीले ग्राहक, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरेको छ। अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन्।



















प्रतिक्रिया