चितवन । चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावित परिवारका लागि ३ लाख ६७ हजार रुपैयाँभन्दा बढीको राहत सामग्री सहयोग गरेका छन्।
कैदीबन्दीले आफूहरूबाट रु १०० देखि २ हजारसम्म रकम सङ्कलन गर्नुका साथै श्रमदान गरेर डसना, ब्ल्याङ्केट, तन्ना, सिरानी, साबुन, ब्रस, मञ्जनलगायत सामग्री तयार गरेका हुन्।
सोमबार कारागार परिसरमा उनीहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई १२५ सेट राहत सामग्री हस्तान्तरण गरे।
प्रजिअ अर्यालले कैद जीवन बिताइरहेका व्यक्तिहरूबाट भएको सहयोग मानवीयता र सामाजिक उत्तरदायित्वको उदाहरणीय नमुना भएको बताए।
चितवन कारागारमा हाल ७५० कैदीबन्दी छन्, जसमा ७०८ पुरुष र ४२ महिला रहेका छन्।




















प्रतिक्रिया