हुम्ला । ताँजाकोट गाउँपालिका कार्यालयमा भएको आगलागी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताँजाकोट–४ गल्लाबाडाका करिब ४७ वर्षीय कृष्णचन्द्र जैसी र गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत ४५ वर्षीय धनराज ढकाल रहेका छन्।
भदौ ७ गते राति करिब १ बजे ताँजाकोट–३ टाकुरेस्थित गाउँपालिका कार्यालयमा आगलागी भएको थियो। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा उनीहरूको संलग्नता पुष्टि भएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया