सुत्केरी श्रीमतीका लागि खाना पकाउन ग्यास नहुँदा युवकले आत्महत्याको प्रयास


काठमाडौं । सुत्केरी श्रीमतीलाई खाना पकाएर खुवाउन ग्यास नभएपछि एक युवकले काठमाडौंको चाबहिल नजिकै धोबीखोलामा हामफालेर आत्महत्या गर्ने प्रयास गरेका छन्।

घटनापछि स्थानीय तथा सुरक्षाकर्मीको पहलमा उनको उद्धार गरिएको छ। आर्थिक तथा पारिवारिक तनावका कारण यस्तो कदम चाल्न बाध्य भएको प्रारम्भिक जानकारी छ।