अमेरिकामा हेलिकप्टर दुर्घटना, एनबीसी लस एन्जलसका ३ जनाको मृ-त्यु


काठमाडौं। अमेरिकाको लस एन्जलसस्थित च्याट्सवर्थमा एनबीसी लस एन्जलसको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मङ्गलबार राति एन. म्यासन एभिन्युको ९१०० ब्लकमा दुई व्यावसायिक भवनबीच हेलिकप्टर खसेपछि ठूलो आगलागी भएको थियो। आगो पार्क गरिएका केही गाडी र सिपिङ कन्टेनरसम्म फैलिएको थियो।

लस एन्जलस अग्निनियन्त्रकका अनुसार दुर्घटनास्थलबाट तीन जनाको शव निकालिएको छ भने दुई घाइतेलाई अस्पताल लगिएको छ। दुर्घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ।