काठमाडौँ । स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्री निशा मेहताले गत शुक्रबार गरेको मन्त्रीस्तरीय निर्णयबाट डा. पौडेललाई विभागको निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको हो ।
वरिष्ठ बालरोग विशेषज्ञ डा. पौडेल यसअघि सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा कार्यरत थिए ।
यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका थिए ।



















प्रतिक्रिया