काठमाडौँ । काठमाडौँ जिल्ला अदालतमा कार्यरत प्रहरीको जिम्मेवारी हेरफेर गरिएको छ। अदालतको सुरक्षा जिम्मेवारी काठमाडौँ जिल्ला प्रहरी परिसर मातहत रहँदै आएकोमा केही प्रहरीलाई अन्यत्र सरुवा गरी नयाँ टोली खटाइएको हो।
अदालतको फैसला कार्यान्वयन इकाईमा प्रहरी नायव निरीक्षक (सई) प्रदीपकुमार गोले र प्रहरी सहायक निरीक्षक (असई) विदुर खड्कालाई पठाइएको छ।
यसअघि अदालतमा कार्यरत प्रहरी सहायक निरीक्षक छाया रुचाल, हवल्दार सरस्वती बर्मा, हवल्दार शिवचरण चौधरी, सहायक हवल्दार सानु तामाङ, जवान भुवन बर्देवा, जवान राजीवकुमार ठाकुर र जवान सन्तोषकुमार यादवलाई अन्यत्र सरुवा गरिएको छ।
अदालतको सुरक्षा व्यवस्थापनका लागि काठमाडौँ जिल्ला प्रहरी परिसरले वरिष्ठ हवल्दार नानीराम भण्डारी, सहायक हवल्दार विमला साउँद, जवान गौरी चौधरी, जवान ललिता लामा, जवान सतेन्द्रकुमार गिरी, नरेश साह कानु, जवान हिक्मत खड्का र रमेश डगौरालाई खटाएको छ।
काठमाडौँ जिल्ला अदालतका एक अधिकृतका अनुसार वरिष्ठ सई देवकोटा र सई थापा फैसला कार्यान्वयनतर्फ तथा अन्य प्रहरी कर्मचारी अदालतको सुरक्षा व्यवस्थापनमा खटिएका थिए। पछिल्लो हेरफेरसँगै अदालतको सुरक्षा व्यवस्थापनका लागि नयाँ प्रहरी टोली परिचालन गरिएको हो।



















प्रतिक्रिया