काठमाडौँ । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो जाँदा करिब एक दर्जन आरोही बेपत्ता भएको आशंका गरिएको छ।
आइतबार बिहान हिम्लुङ हिमालमा हिउँपहिरो गएको हो। हिमाल आरोहणका लागि गएका २२ जनामध्ये करिब एक दर्जन सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आरोहण टोलीमा ९ जना पर्वत आरोही र १३ जना सहयोगी स्टाफ थिए। हिउँपहिरोपछि उनीहरूमध्ये केही सम्पर्कमा नआएको जनाइएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर मनाङतर्फ गएको छ। घटनामा कति क्षति भयो भन्नेबारे भने यकिन विवरण प्राप्त भइसकेको छैन।
प्रहरी सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले घटनाको थप विवरण संकलन भइरहेको जानकारी दिएका छन्।


















प्रतिक्रिया