काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले हालैको अविरल वर्षापछि आएको बाढीपहिरोबाट क्षति भएका संरचनाको पुनर्निर्माण र प्राविधिक समाधानबारे छलफल गर्न प्रतिनिधिसभाका इन्जिनियर सांसदलाई बोलाएका छन्।
बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य सार्वजनिक संरचनामा क्षति पुगेपछि त्यसको पुनर्निर्माणका लागि आवश्यक गृहकार्य अघि बढाउने क्रममा प्रधानमन्त्री शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदसँग छलफल गर्न लागेका हुन्।
प्रधानमन्त्री शाहले क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै आगामी दिनमा बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक रणनीतिक योजना र प्राविधिक उपायबारे सांसदहरूसँग सुझाव लिने जनाइएको छ।
छलफलमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियरिङ पृष्ठभूमिका सांसद सहभागी हुने बताइएको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने छलफलमा बाढीपहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, प्राविधिक चुनौती तथा आगामी योजना निर्माणका विषयमा छलफल हुने जनाइएको छ।






















प्रतिक्रिया