काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आगामी १७ असोजमा बस्ने भएको छ।
पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक काठमाडौँको वनस्थली–चमतीस्थित घण्टीघरमा दिउँसो ३ बजे बस्नेछ।
बैठकमा सहभागी हुन रास्वपाका सबै केन्द्रीय समिति सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
बैठकमा पार्टीका सांगठनिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ।






















प्रतिक्रिया