काठमाडौँ । सङ्घीय निजामती सेवासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्मा पुगेको छ ।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार विधेयक बिहीबार सचिवालयमा आइपुगेको हो । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको थियो ।
यसअघि भदौ २५ गते बसेको मन्त्रिपरिषद् बैठकले विधेयकको मस्यौदामाथि राय तथा परामर्श लिन लोकसेवा आयोगमा पठाउने निर्णय गरेको थियो । सोहीअनुसार मस्यौदा लोकसेवा आयोगमा पठाइएको थियो ।
लोकसेवा आयोगले विधेयकबारे आफ्नो राय दिएपछि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकलाई मन्त्रिपरिषद्मा पेस गरेको थियो ।
मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि विधेयक अब सङ्घीय संसद्को प्रक्रियामा प्रवेश गरेको हो । विधेयकमाथि संसद्मा छलफल तथा आवश्यक प्रक्रिया अघि बढ्नेछ ।






















प्रतिक्रिया