काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।
मन्त्रालयको निर्णयअनुसार थापालाई वैद्यखाना विकास समितिको अध्यक्षको जिम्मेवारी दिइएको हो।
अध्यक्षमा नियुक्त भएसँगै थापाले वैद्यखानाको संस्थागत व्यवस्थापन, आयुर्वेदिक औषधि उत्पादन तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
सिंहदरबार वैद्यखाना नेपालको परम्परागत आयुर्वेदिक औषधि उत्पादन तथा सेवा प्रवाहसँग सम्बन्धित प्रमुख संस्थामध्ये एक हो।






















प्रतिक्रिया