काठमाडौं – लेखक सरोज भट्टराईको पहिलो साहित्यिक कृति ‘कलेजी प्रेम’ भव्य समारोहबीच लोकार्पण गरिएको छ। प्रेम, सम्बन्ध, समाज र मानवीय संवेदनासँगै देशप्रेम तथा मातृभूमिप्रतिको आत्मीय भावनालाई समेटिएको कृतिको लोकार्पण गरिएको हो।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नबिल बैंकका सीईओ मनोज ज्ञवाली तथा साहित्यकार एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कुमार नगरकोटी विशेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा दीपशिखा घिमिरे र नवीन खत्रीले पुस्तक समीक्षकका रूपमा ‘कलेजी प्रेम’ माथि आफ्ना धारणा तथा दृष्टिकोण प्रस्तुत गरेका थिए।
‘कलेजी प्रेम’ प्रेमकथामा मात्र सीमित नभई प्रेम, सम्बन्ध, समाज, जीवन र राष्ट्रप्रतिको भावनालाई एउटै संवेदनात्मक यात्रामा जोड्ने साहित्यिक कृतिका रूपमा प्रस्तुत गरिएको छ।
लोकार्पण समारोहमा लेखक, साहित्यकार, शुभेच्छुक, पाठक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। लेखक भट्टराईले आफ्नो पहिलो कृतिलाई पाठकसमक्ष ल्याउन पाउँदा खुसी व्यक्त गर्दै ‘कलेजी प्रेम’ प्रेमदेखि देशप्रेमसम्मको संवेदनशील यात्रा भएको बताए।






















प्रतिक्रिया