काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबारका लागि तय गरिएको बन्दसत्र वर्षाका कारण प्रभावित भएको छ। बन्दसत्र दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ।
कांग्रेसको नीति, प्रशिक्षण तथा प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यका अनुसार वर्षाका कारण महाधिवेशन प्रतिनिधिहरू तितरबितर भएकाले बन्दसत्रको समय सारिएको हो।
लगातारको वर्षाका कारण बन्दसत्र आयोजना भइरहेको हलसम्म पुग्ने स्थानमा समेत पानी जमेको छ। प्रतिनिधिहरूलाई हलसम्म पुग्न कठिनाइ भएपछि बन्दसत्र ४ बजेसम्मका लागि स्थगित गरिएको आचार्यले जानकारी दिए।
वर्षाका कारण महाधिवेशनका अन्य गतिविधिसमेत प्रभावित भएका छन्। प्रतिनिधिहरूलाई सहज रूपमा बन्दसत्रस्थलमा उपस्थित गराउन समय सारिएको कांग्रेसले जनाएको छ।
अब बन्दसत्र दिउँसो ४ बजेपछि सुरु हुने बताइएको छ।

















प्रतिक्रिया