काठमाडौँ । राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आयोगका अध्यक्ष देवराज विश्वकर्माले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्। राष्ट्रपतिको कार्यालयका अनुसार आयोगले आर्थिक वर्ष २०८२/८३ मा गरेका विभिन्न काम, गतिविधि तथा दलित समुदायसँग सम्बन्धित विषय समेटेर प्रतिवेदन तयार गरेको हो।
वार्षिक प्रतिवेदनमा आयोगले आफ्नो संवैधानिक तथा कानुनी जिम्मेवारीअन्तर्गत वर्षभरि गरेका गतिविधि, दलित समुदायको अवस्था तथा उनीहरूसँग सम्बन्धित विभिन्न विषय समावेश गरिएको जनाइएको छ।
आयोगले दलित समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, समानता तथा समावेशीकरणसँग सम्बन्धित विषयमा गर्दै आएका काम तथा पहललाई समेत प्रतिवेदनमा समेटेको जनाएको छ।
संवैधानिक निकायका रूपमा राष्ट्रिय दलित आयोगले दलित समुदायको अधिकारको संरक्षण तथा प्रवर्द्धन, विद्यमान कानुनी व्यवस्थाको कार्यान्वयन र राज्यका निकायमा समावेशी प्रतिनिधित्वका विषयमा सरकारलाई सुझाव तथा सिफारिस गर्दै आएको छ।
आयोगले आफ्नो वार्षिक गतिविधि तथा प्रगतिको विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको हो।

















प्रतिक्रिया