कांग्रेस सभापति दौडबाट राठौर बाहिरिए, उम्मेदवारी फिर्ता


काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

मंगलबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदमा राठौरसहित गगनकुमार थापा र श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका थिए।

राठौरले उम्मेदवारी फिर्ता लिएसँगै अब सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।

सभापति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता तथा फिर्ता प्रक्रियासँगै कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रतिस्पर्धा थप स्पष्ट बनेको छ।