काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रस्तावमाथि छलफल तथा आवश्यक निर्णय हुन सक्ने जनाइएको छ । यद्यपि बैठकको औपचारिक एजेन्डा भने सार्वजनिक भइसकेको छैन ।
मन्त्रिपरिषद् बैठकमा पछिल्लो समय सरकारका कामकारबाही, प्रशासनिक निर्णय तथा आवश्यक नीतिगत विषयमा छलफल हुँदै आएको छ । आजको बैठकबाट समेत विभिन्न महत्वपूर्ण निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।

















प्रतिक्रिया