काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र पाँच घण्टा ढिलो गरी सुरु भएको छ।
बुधबार बिहान साढे १० बजेका लागि बोलाइएको बन्दसत्र वर्षाका कारण स्थगित भएको थियो। स्थगित बन्दसत्र अपराह्न ४ बजेबाट सुरु भएको कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यले जानकारी दिए।
बन्दसत्र सुरु भएपछि केही समयमै सभापति गगनकुमार थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
यसैबीच, सभापति पदमा उम्मेदवारी दिएका किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिँदै सभापति थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।
राठौरले बुधबार पत्रकार सम्मेलनमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्। कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि उम्मेदवारी फिर्ता र निर्वाचन प्रक्रियासँगै राजनीतिक गतिविधि थप तीव्र बनेको छ।

















प्रतिक्रिया