विश्वप्रकाश शर्माको समसामयिक प्रस्ताव महाधिवेशनबाट पारित


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ।

शर्माले सोमबार कांग्रेसको समसामयिक राजनीतिक अवस्थासहितका विषय समेटिएको प्रस्ताव बन्दसत्रमा पेस गरेका थिए। उक्त प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेपछि बुधबार पारित गरिएको हो।

प्रस्तावमा समसामयिक राजनीतिक विषय तथा पार्टीले आगामी दिनमा लिनुपर्ने भूमिकालगायतका विषय समेटिएको बताइएको छ।

महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विभिन्न प्रस्तावमाथि छलफल तथा निर्णय गर्ने क्रम जारी रहेको छ।