कांग्रेस महाधिवेशनबाट गुरु घिमिरेको सांगठनिक प्रस्ताव पारित


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री गुरु घिमिरेले पेस गरेको सांगठनिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ।

घिमिरेले सोमबार पार्टीको सांगठनिक प्रस्ताव महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेपछि बुधबार पारित गरिएको हो।

महाधिवेशनको बन्दसत्रमा प्रस्तुत सांगठनिक प्रस्तावमाथि छलफल र निर्णय गर्ने प्रक्रिया अघि बढ्दै गएको छ।