काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति गगनकुमार थापाले पेस गरेको राजनीतिक प्रस्ताव बन्दसत्रबाट पारित भएको छ।
सभापति थापाले सोमबार पार्टीको राजनीतिक प्रस्ताव महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेपछि बुधबार पारित गरिएको हो।
राजनीतिक प्रस्तावमा पार्टीको समसामयिक राजनीतिक दृष्टिकोण तथा आगामी दिनमा कांग्रेसले लिनुपर्ने राजनीतिक दिशासहितका विषय समेटिएका छन्।
कांग्रेसको बन्दसत्रमा प्रस्तुत विभिन्न प्रस्तावमाथि छलफल गरी पारित गर्ने क्रम जारी रहेको छ।

















प्रतिक्रिया