उम्मेदवारको दाबी–विरोध अवधि सकियो, अब के हुन्छ ?


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उम्मेदवारहरूको दाबी–विरोध गर्ने समय सकिएको छ।

काठमाडौँमा जारी महाधिवेशनमा बुधबार साँझ उम्मेदवारहरूको दाबी–विरोधको समय सकिएको निर्वाचन समिति सदस्य वरिष्ठ अधिवक्ता सुजन लोप्चनले जानकारी दिए।

दाबी–विरोधको समय सकिएसँगै उम्मेदवारी फिर्ता लिएका उम्मेदवारहरूको नाम हटाएर अन्तिम उम्मेदवार नामावली प्रकाशन गर्ने तयारी निर्वाचन समितिले गरेको छ।

महाधिवेशनअन्तर्गत नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ।

मतदानबाट कांग्रेसको नयाँ कार्यसमिति चयन हुनेछ।