काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। ११औँ महाधिवेशनपछि स्थायी कमिटीको यो पहिलो बैठक हो।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक गतिविधिबारे छलफल हुने बताइएको छ।
महाधिवेशनपछि पार्टीको आगामी रणनीति, संगठन सञ्चालन र समसामयिक राजनीतिक विषयमा स्थायी कमिटीका सदस्यबीच छलफल हुने एमालेले जनाएको छ।




















प्रतिक्रिया