तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षे बालकको मृ-त्यु


तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ शीतलमार्गस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय स्वरूप गैरे रहेका छन् । मंगलबार बिहान करिब ८ः५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले बालक गैरेलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि झरौटास्थित जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएको थियो । उपचारकै क्रममा बिहान ९ः५६ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।