प्रधानमन्त्री बालेन शाहको शुभकामना : ‘नेपाली क्रिकेट अमर रहोस्’


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुनुअघि ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्दै शुभकामना व्यक्त गरेका छन्।

उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरलाई स्वागत गर्दै नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई प्रतियोगिताको सफलताको शुभकामना दिएका छन्।