काठमाडौँ । अब खाना पकाउने एलपीजी ग्यास बिक्री वितरण गर्दा अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गर्नुपर्ने भएको छ। नेपाल आयल निगमले सबै ग्यास उद्योगलाई ग्राहक तथा डिलरलाई ग्यास बिक्री गर्दा अनिवार्य रूपमा भ्याट बिल उपलब्ध गराउन निर्देशन दिएको हो।
केही ग्यास उद्योगले ग्राहक तथा डिलरलाई ग्यास बिक्री गर्दा बिल जारी नगरेको गुनासो आएपछि निगमले यस्तो कदम चालेको जनाएको छ। निगमले सोमबार सबै एलपीजी ग्यास उद्योगलाई पत्र पठाउँदै बिक्री वितरणका क्रममा अनिवार्य रूपमा भ्याट बिल जारी गर्न निर्देशन दिएको हो।
ग्यास बिक्री कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन तथा बिल जारी नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न निगमले उद्योगहरूलाई निर्देशन दिएको हो। निगमको निर्देशनअनुसार अब ग्यास उद्योगहरूले ग्राहक र डिलरलाई बिक्री गरिने ग्यासको कारोबारमा नियमानुसार भ्याट बिल जारी गर्नुपर्नेछ।
















प्रतिक्रिया