काठमाडौं । १७ वर्षीय राहुल यादवले नेपाल प्रिमियर लिग (एनपीएल) मा डेब्यु गर्दै पहिलो बलमै विकेट लिएर नेपाली क्रिकेटमा आफ्नो छाप छोडेका छन्।
डेब्युको पहिलो बलमै विकेट लिँदै उनले आफ्नो प्रतिभाको झलक देखाएका हुन्। उनको प्रदर्शनबाट प्रभावित जनकपुर बोल्ट्सका कप्तान हर्मीत सिंहले समेत यादवलाई नेपाली क्रिकेटको अर्को ठूलो नामका रूपमा प्रशंसा गरेका छन्।
सानै उमेरमा उत्कृष्ट सुरुवात गरेका राहुलको यो प्रदर्शनले नेपाली क्रिकेटमा नयाँ सम्भावनाको संकेत गरेको छ।

















प्रतिक्रिया