काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित दिङ्बोचेमा एक होटलमा आगलागी भएको छ। दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिएका छन्।
प्रारम्भिक जानकारीअनुसार ग्यास पल्टिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। आगलागीबाट हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।आगो नियन्त्रणमा लिन प्रयास भइरहेको डीएसपी बुढाथोकीले बताएका छन्। आगलागीबाट भएको भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

















प्रतिक्रिया