काठमाडौँ । नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले वृद्धि भएको हो।
महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ३५ हजार १७० रुपैयाँ पुगेको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबार प्रतितोला ३ हजार ६५० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसैगरी, आज १० ग्राम चाँदीको मूल्य ३ हजार १९० रुपैयाँ पुगेको छ। आइतबार १० ग्राम चाँदी ३ हजार १३० रुपैयाँमा कारोबार भएको थियो।
सुन र चाँदी दुवैको मूल्य बढेसँगै नेपाली बजारमा बहुमूल्य धातुको कारोबार महँगिएको छ।

















प्रतिक्रिया