काठमाडौं । एनपीएल सिजन–३ अन्तर्गत सोमबार भएको खेलमा काठमाडौँ गोर्खाजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ।

कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौँ गोर्खाजले १९.५ ओभरमै ६ विकेट गुमाएर पूरा गर्दै शानदार जित दर्ता गरेको हो। निर्धारित २० ओभरको खेलमा १ बल बाँकी छँदै काठमाडौँले लक्ष्य भेट्टाएको हो।

यससँगै काठमाडौँ गोर्खाजले महत्वपूर्ण जित आफ्नो खातामा जोडेको छ।


















प्रतिक्रिया