उपेन्द्र यादवले शरत् सिंह भण्डारीलाई दिए कार्यवाहक अध्यक्षको जिम्मेवारी


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता शरत् सिंह भण्डारीलाई दिएका छन्।

अध्यक्ष यादव दक्षिण कोरियाको सियोलमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन जाने भएपछि भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएका हुन्।

यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म सियोलमा हुने आइक्यापक (ICAPP) को कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया जाने कार्यक्रम रहेको छ। उनको अनुपस्थितिमा भण्डारीले पार्टीको कार्यवाहक अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।

अध्यक्ष यादवको दक्षिण कोरिया भ्रमण अवधिभर पार्टीको नेतृत्व तथा आवश्यक सांगठनिक कामकारबाही सञ्चालन गर्ने जिम्मेवारी भण्डारीलाई दिइएको हो।