पोखराले लुम्बिनीलाई दियो ९८ रनको लक्ष्य, ब्याटिङमा चल्न सकेनन् अधिकांश खेलाडी


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखरा एभेन्जर्सले ९८ रनको सामान्य लक्ष्य दिएको छ।

पोखराको ब्याटिङ सुरुदेखि नै दबाबमा परेको थियो। लुम्बिनीका बलरले लगातार विकेट लिएपछि पोखराको इनिङ्स सम्हालिन सकेन। किरण ठगुन्नाले ६ बलमा १२ रन बनाए पनि टोलीलाई ठूलो स्कोरसम्म पुर्‍याउन सकेनन्।

पोखराले आठ विकेट गुमाउँदा ७० रन बनाएको अवस्थामा किरण पनि पेभेलियन फर्किएका थिए। अन्ततः पोखराले लुम्बिनीसमक्ष जितका लागि ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अब पोखराले दिएको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्स मैदानमा उत्रिनेछ।