प्रधानमन्त्री कार्यालयमा आज मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा सरकारका कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा विभिन्न मन्त्रालयका कामकारबाही, सरकारी गतिविधि र समसामयिक विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले सरकार सञ्चालन तथा प्रशासनिक कामकारबाहीसँग सम्बन्धित विषयमा आवश्यक निर्णयसमेत गर्न सक्नेछ ।