विराटनगर । झापाको बिर्तामोडस्थित मुख्य बजार क्षेत्रमा आगलागी भएको छ । बिर्तामोडको भद्रपुर रोडमा रहेको एक घरमा आगलागी भएपछि नियन्त्रणको प्रयास जारी छ ।
सिद्धार्थ होटल नजिकै धौलागिरि पारिजात सहकारी रहेको घरको पूर्वपट्टिको घरमा आगो लागेको हो ।
व्यस्त बजार क्षेत्रमै आगलागी भएपछि आगो नियन्त्रणमा लिन बिर्तामोड र भद्रपुर नगरपालिकाका दमकल घटनास्थलमा पुगेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीसमेत आगो निभाउने प्रयासमा जुटिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगलागी नियन्त्रणका लागि आवश्यक प्रयास भइरहेको छ । आगलागीको कारण तथा यसबाट भएको क्षतिको विवरण भने आइसकेको छैन ।

















प्रतिक्रिया