देउवा समूहको नेपाल दलित सङ्घ अध्यक्षमा यमुना विश्वकर्मा चयन


काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले नेपाल दलित सङ्घको अध्यक्षमा यमुना विश्वकर्मालाई मनोनीत गरेको छ । पार्टीको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशाङ्क कोइरालाले तनहुँकी विश्वकर्मालाई सङ्घको अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

संयोजक कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा पार्टी केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४२ को उपधारा १ (च) बमोजिम विश्वकर्मालाई अध्यक्ष पदमा मनोनयन गरिएको उल्लेख छ ।

नवनियुक्त अध्यक्ष विश्वकर्मालाई आगामी ६ महिनाभित्र नेपाल दलित सङ्घको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ ।

मनोनयन पत्रमा अध्यक्षका रूपमा पार्टीका स्थापित मूल्यमान्यता आत्मसात् गर्दै तोकिएको समयभित्र सङ्घको महाधिवेशन सम्पन्न गरी संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

यससँगै देउवा समूहले नेपाल दलित सङ्घको नेतृत्वमा विश्वकर्मालाई अघि सारेको छ । अब उनको नेतृत्वमा सङ्घको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारी रहनेछ ।