काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रवासी नेपाली मञ्चका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्ने भएका छन्।
प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन हिजो सम्पन्न भएको थियो। अधिवेशनबाट नयाँ नेतृत्व चयन भएसँगै आज नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आयोजना हुँदैछ।
सोही अवसरमा अध्यक्ष ओलीले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा नवनिर्वाचित नेतृत्वलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको शपथ ग्रहणसँगै ओलीले प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा सदस्यहरूसँग संवाद गर्ने कार्यक्रम रहेको छ।

















प्रतिक्रिया